+
+
Shares

कालीकोटको पहिरोमा मृत्यु हुने ६ जनाकै सनाखत

यज्ञ खत्री यज्ञ खत्री
२०७७ साउन ३० गते १२:२०

३० साउन, सुर्खेत । कालीकोटमा पहिरोले पुरेर मृत्यु भएका एकै परिवारका सबै ६ जनाकै सनाखत भएको छ ।

महावै गाउँपालिका-३, नकुमा बिहीबार राति १२ बजे वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुर्दा उनका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीया सविना विष्ट र १५ वर्षीया आशा विष्टको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

त्यस्तै राजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेखा विष्टको पनि सोही पहिरोमा परी मृत्यु भएको उनले बताए ।

एसएसपी बास्तोलाका अनुसार उनीहरु रातिको १२ बजेसम्म घरमै तीजको नाचगान गरिरहेका थिए । माथिबाट एक्कासी पहिरो आएपछि उनीहरु पुरीएका थिए । शुक्रबार  बिहान मात्रै शव निकालिएको थियो ।

यस्तै कालीकोटकै नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुर्दा दुईजना घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैहरेको प्रदेश प्रहरीले जनाएको छ ।

 

 

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?