Comments Add Comment

नेपाल रेमिट नेपाल क्लियरिङ हाउसमा आबद्ध

३० साउन, काठमाडौं । नेपाल रेमिट इन्टनेसनल प्रालि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ ।

नेसनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सीधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको नेपाल रेमिटले जनाएको छ । योसँगै नेपाल रेमिटका सानो मूल्यका भुक्तानी कारोबारहरु कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमार्फत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमार्फत तोकिएको समय सीमामा मध्यम र ठूलो मूल्यका भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस आबद्धतासँगै नेपाल रेमिटको बैंक खातामा आधारित रेमिटेन्स भुक्तानीसम्बन्धी सेवा प्रवाहमा उलेख्य सुधार आउने विश्वास गरिएको कम्पनीले जनाएको छ ।

विभिन्‍न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध कनेक्ट आईपीएस र एनसीएचएल-आईपीएसको सञ्जालमा क्रमश: ५६ र ६४ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment