Comments Add Comment

गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक

१ भदौ, गुल्मी । गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढेको र जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिँड्डुलमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

जिल्लामा रहेका सबै पालिकाहरुले जेष्ठ नागरिक र दीर्घरोगी पहिचाहन गरेर उनीहरुलाई अत्यावश्यक काम बाहेर हिँड्डुलमा रोक लगाउने निर्णय भएको छ ।

सम्बन्धित पालिकाहरुले दीर्घ बिरामीले खाने औषधि व्यवस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

त्यस्तै पालिकाभित्र कोभिड-१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा सम्बन्धित पालिका र पालिका अन्र्तगतको कुनै निश्चित क्षेत्र सिल गर्नुपर्ने अवस्था आएका डीसीसीएमसीसँग समन्वय गरी गर्न सक्ने जिम्मेवारी दिइने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

जिल्लामा रहेका २ वटा निर्वाचन क्षेत्रमा २ वटा शववाहन खरिद प्रक्रिया अगाडि बढाइने भएको छ । त्यसको लागि सम्बन्धित क्षेत्रमा पर्ने पालिकाहरुको समन्वयमा खरिद गर्ने निर्णय भएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment