Comments Add Comment

सिन्धुपाल्चोकमा चितवन र सिराहाबाट फर्किएका ५ जनामा कारोना संक्रमण पुष्टि

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा चितवन र सिराहा पुगेर फर्किएका पाँच जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंका अनुसार चितवनबाट फर्किएका चार र सिराहाबाट फर्किएका एकजनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा चौतारा साँगाचोकगढी नगरपालिका–४ घर भएकी २२ वर्षीया महिला, मेलम्ची नगरपालिका–११ की २८ वर्षीया महिला, ईन्द्रावती गाउँपालिका–८ का ३७ वर्षीय पुरुष र काभ्रेको मण्डनदेउपुर नगपरपालिकाका ४२ वर्षीय पुरुष छन् । उनीहरु चारै जना गैर सरकारी संस्था (एनजीओ)मा कार्यरत कर्मचारी हुन् ।

संक्रमण पुष्टि भएका ४९ वर्षीय एक पुरुष भने मेलम्ची नगरपालिका–१२ मा किराना पसल सञ्चालन गरेर बस्दै आएका व्यक्ति हुन् ।

चापागाई‌ं भने, ‘संक्रमण पुष्टि भएका एनजीओका चार जना कर्मचारी चितवनको रत्ननगर टाँडीस्थित एक होटलमा एनजीओले नै सञ्चालन गरेको चौध दिने गोष्ठिमा सहभागी भएर फर्किएका थिए । साउन २८ गते चितवनबाट फर्किएका उनीहरुको शुक्रबार स्वाब संकलन गरिएको थियो । सोमबार आएको परीक्षणको रिपोर्टमा चारै जनामा संक्रमण देखिएको हो ।’ चापागाईंका अनुसार गोष्ठिमा विभिन्न जिल्लाका ३२ जनाको सहभागी रहेको संक्रमण पुष्टि भएका व्यक्तिहरुले बताएका छन् ।

संक्रमण पुष्टि भएका ४९ वर्षीय पुरुष मेलम्चीमा किराना पसल सञ्चालन गर्दै आइरहेका व्यक्ति हुन् । लकडाउन भएपछि उनी सिराहा गएका थिए । तर लकडाउन खुलेसँगै उनी पुनः मेलम्ची फर्किएका थिए । सिराहाबाट फर्किएका उनी मेलम्चीस्थित क्वारेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिनमा बसेका उनको पनि शुक्रबार नै स्वाब संकलन गरी परीक्षणका लागि टेकुस्थितराष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  पठाइएको थियो ।

चापागाईंका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोज तथा अनुसन्धानका लागि स्थानीय तहमा कार्यरत कन्ट्याक ट्रेसिङको टोली परिचालन भइसकेको छ ।

एनजीओ कार्यालय सिल

चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थित गैरसरकारी संस्थाको कार्यालय रहेको घर तथा उक्त कार्यालयका कर्मचारीहरुले खाना तथा खाजा खाने गरेका दुई वटा होटल सिल गरिएको छ ।

संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षणको रिपोर्ट नआउन्जेलसम्मका लागि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कार्यालय रहेको भवन र दुई वटा होटल सिल गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment