+

कोरोनाको असर : खेल प्रशिक्षण र प्रतियोगिता अनिश्चितकालका लागि बन्द

२०७७ भदौ  २ गते ६:०६ २०७७ भदौ २ गते ६:०६
कोरोनाको असर : खेल प्रशिक्षण र प्रतियोगिता अनिश्चितकालका लागि बन्द

२ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोना व्यापक रुपमा फैलिएको भन्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको जनाएको छ ।

राखेपले सोमबार सूचना जारी गर्दै राखेपबाट सम्पादन गरिने अति जरुरी कामबाहेक अरु बन्द गर्ने निर्णय गरेको हो ।

राखेपको सूचनामा भनिएको छ, ‘हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) काठमाडौं उपत्यका लगायत नेपालका विभिन्न स्थानहरुमा व्यापक रुपमा फैलिन गई जनस्वास्थ्यमा ठूलो समस्याका रुपमा देखा परेको हुँदा राष्ट्रिय खेलकुद परिषदबाट सम्पादन गरिने अति जरुरी कामबाहेक हाललाई अर्को सूचना जारी नभएसम्मका लागि खेलकुद प्रतियोगिता, खेल प्रशिक्षण लगायत खेलकुद सम्बन्धी सम्पूर्ण गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ ।’

साथै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि राखेपले अनुरोध गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमण दर बढ्दा खेल क्षेत्रमा पनि खेलाडी प्रशिक्षक कर्मचारीहरुमा कोरोना संक्रमण देखिन थालेको छ । फुटबल र क्रिकेट खेलाडी तथा स्क्वास प्रशिक्षकमा कोरोना संक्रमण देखिएको छ भने नेपाल ओलम्पिक कमिटीका कर्मचारीमा पनि संक्रमण देखिएको छ ।

कोरोना संक्रमण बढ्दै जाँदा ओलम्पिक कमिटी र अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि आफ्नो कार्यालय बन्दै गर्दै घरबाटै काम गरिरहेका छन् ।

खेलकुद राखेप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय