२ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् ।
भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ५१ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८७६ जनाको मृत्यु भएको हो ।
अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको मुलुक हो । अहिलेसम्म भारतमा १९ लाख ७७ हजार ७८० जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
स्रोत : एएनआई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4