+
+

तिलोत्तमामा १० भदौसम्म लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते ११:५७

२ भदौ, बुटवल । समुदायस्तरमा कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि भदौ १० गते साँझ ७ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

सुरक्षा निकाय, राजनीतिक दल र निजी क्षेत्रका प्रतिनिधि समेतको उपस्थितिमा मंगलबार बिहान बसेको बैठकले एकहप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीका अनुसार लकडाउन अवधिमा सबै खाद्यान्न र तरकारी सहित सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय र सबै खाले सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय भएको छ ।

तर औषधि पसल र औषधि उद्योगहरु सञ्चालन हुन पाउने छन् । यस्तै दूध डेरीहरु बिहान ६ देखि ८ बजेसम्म खुल्न पाउने छन् ।

लडकडाउन अवधिमा साइकलसमेत नचलाउन नगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?