+

आईपीएलको मुख्य प्रायोजकमा छानियो ड्रिम ११

२०७७ भदौ  २ गते १६:४२ २०७७ भदौ २ गते १६:४२
आईपीएलको मुख्य प्रायोजकमा छानियो ड्रिम ११

२ भदौ, काठमाडौं । अनलाइन फ्यान्टासी स्पोर्टस् कम्पनी ड्रिम ११ इन्डियन प्रिमियर लिग आईपीइएल टी-२० को मुख्य प्रायोजक बनेको छ ।

यस सिजनको आईपीएलका लागि ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँ प्रस्ताव गरेको थियो ।

आईपीएल गभर्निङ काउन्सिलका प्रमुख ब्रिजेस पटेलले यसको पुष्टि गरेको इएसपिएनक्रिकइन्फोले जनाएको छ ।

ड्रिम ११ ले बाइजु र अनाएकेडेमीलाई पछि पार्दै आईपीएलको मुख्य प्रायोजक बनेको हो ।

यस सिजनको आईपीएल सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ ।

भारत र चीनबीच सीमा विवादमा उत्पन्न तानावका कारण चाइनिज मोबाइल कम्‍पनी भीभोसँग सम्झौता तोडिएपछि आईपीएलले यस सिजनको लागि नयाँ प्रायोजक राखेको हो ।

आईपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय