Comments Add Comment

चितवनमा कोरोना संक्रमित वृद्धाको मृत्यु

२ भदौ, चितवन । पूर्वी चितवनको खैरहनीमा कोरोना संक्रमणबाट एकजना वृद्धाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

वृद्धाको गएराति पौने एक बजे नै मृत्‍यु भएको उनका नाति (छोरीका छोरा) कमल पाठकले जानकारी दिए ।

१२ दिनदेखि बिरामी भएकी वृद्धाको सोमबार स्वाब संकलन गरी भरतपुर कोभिड ल्याबमा जाँचका लागि पठाइएको थियो । उनको द्रुत तरिकाबाट जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जनाएको छ ।

परिवारकै सदस्यबाट वृद्धामा कोरोना भाइरस सरेको अनुमान गरिएको छ ।

यसअघि चितवनमा भरतपुर महानगरपालिका-११ का एक जना र कैलालीका एक जनाकाे काेराेना संक्रमणबाट मृत्यु  भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment