
३ भदौ, जनकपुरधाम । सिराहाको अर्नमा गाउँपालिकामा एक महिलाको कुटपिटबाट मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाटोको बिषयमा भएको विवादले कुटपिटको रुप लिँदा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्नमा गाउँपालिका-५ कृष्णपुर बस्ने ५० बर्षीय सीतादेवी राउत रहेको प्रहरीले जनाएको छ । स्थानीय केही व्यक्तिको कुटपिटबाट घाइते भएका उनको सिराहा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लीलादेवी राउत र २२ वर्षीया सुलेखा राउत छन् । चार जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4