Comments Add Comment

२०२० को अन्तिमसम्म कोरोनाको खोप बन्छ : चिनियाँ कम्पनी 

३ भदौ, काठमाडौं । चिनियाँ कम्पनी सिनोफर्मले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड–१९) को खोप बन्ने विश्वास व्यक्त गरेको छ । सिनोफर्मका अध्यक्ष लिउ जिङझेनले सञ्चारकर्मीसँगको कुराकानीमा कोरोना भाइरसविरुद्धको खोपको अन्तिम चरणको क्लिनिकल परीक्षण यूएईमा भइरहेको बताएका हुन् । साथै यो खोप डिसेम्बरसम्ममा बजारमा आउन सक्ने उनले बताएका हुन् ।

खोपको परीक्षणको क्रममा लिउ आफैंले पनि एक डोज लिएका छन् । उनले आफूलाई अहिलेसम्म त्यसको कुनै साइड इफेक्ट नदेखिएको पनि बताएका छन् ।

चीनको बेइजिङ र वुहान सहरमा यस्ता वर्कशप छन्, जहाँ एक वर्षमा १० करोड २० लाख र १० करोड खोप उत्पादन हुन सक्छ । यो खोपको दुई डोजको एक हजार युआन अर्थात् १७ हजार नेपाली रुपैयाँभन्दा बढी पर्नेछ । चीनमा खोपको मूल्यको विषयमा अहिले मानिसहरुले चिन्ता व्यक्त गरिरहेका छन् । चिनियाँ ग्रामीण क्षेत्रका मानिसहरुका लागि यो खोपको मूल्य धेरै हुने भन्दै सामाजिक सञ्जालमा यसको आलोचना भइरहेको छ ।

यद्यपि पछिल्लो समय चीनमा कोरोना भाइरसका संक्रमितको संख्या निकै कम रहेकाले यो खोप निर्यातमुखी हुन सक्ने बताइएको छ । अहिले विश्वभर कोरोना भाइरस विरुद्धको दुई सयभन्दा धेरै खोप निर्माणको क्रममा छन् । साथै २० भन्द्या धेरै खोप मानव परीक्षणको क्रममा छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment