Comments Add Comment

कपिलवस्तुमा ट्रक पल्टिँदा एकजनाको मृत्यु

३ भदौ, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका-१ को पहिरा खोलास्थित पूर्वपश्चिम राजमार्गमा बुधबार बिहान ट्रक अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

ना.८ ख ३२१३ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा ट्रकमा सवार बाँके नेपालगञ्ज उपमहानगरपालिका-२० बस्ने ३५ वर्षीय जमुना खटिक घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment