Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

३ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका रेशमकोठीकी कोरोना संक्रमित ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएर ४ दिनदेखि निजी अस्पतालमा उपचार गराइरहेकी उनलाई भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारको क्रममा बुधबार दिउँसो सवा ४ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

असन्तुलित मधुमेहको विरामी उनमा कोभिड निमोनिया समेत देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहका अनुसार आइसोलेसनमा हुँदा उनले छाती दुख्यो भनेकी थिइन् । ‘ड्युटीमा रहेका चिकित्सकले चेकजाँच शुरु गरे ५÷७ मिनेट भित्रै उनको मृत्यु भयो’ उनले भने ‘हर्ट अट्याकमा जस्तो मुटुको नली जाम भएर मृत्यु भएको अनुमान हुन सक्ने गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment