Comments Add Comment

बुटवलको एउटै वडामा थपिए १७ संक्रमित

३ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाका १९ मध्ये १७ वटा वडामा कोरोना संक्रमण फैलिएको छ । बुधबारसम्मको तथ्यांक अनुसार वडा नंं ७ र १८ मा संक्रमित भेटिएका छैनन् ।

७० हजार बढी जनसंख्या भएको वडा नंं. ११ मा कोरोना संक्रमितको संख्या पनि सबैभन्दा धेरै ५२ पुगेको छ । बुधबार मात्रै वडा नंं. ११ मा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार बुधबार वडा नंं.१३ का ६ जना, वडा नंं. ६ का ४ जना, वडा नं. ४ का २ जना तथा वडा नंं. ३, १२ र १५ मा एक-एकजना संक्रमित थपिएका छन् ।

बुधबार थपिएका ३२ जनामध्ये एकजना उपमहानगरपालिकाकै कर्मचारी हुन् । यसअघि उपमहानगरपालिकाका दुई अधिकृतसहित चारजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

बुटवल उपमहानगरपालिकामा देखिएका १ सय २७ जना संक्रमितमध्ये १०१ जना सक्रिय संक्रमित रहेका छन् । बुटवलमा हालसम्म वडा नंं ११ पछि वडा नं १३ मा २२ जना, वडा नंं ६ मा १२ जना, वडा नंं. १० मा ९, वडा नंं ८ मा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै वडा नंं १, २, ३, १४ र १७ मा २–२ जना, वडा नं. ४ मा ४ जना, ५ मा ३ जना, वडा नंं ९, १५,१६ र १९ मा संक्रमितको संख्या एक–एक जना रहेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment