Comments Add Comment

निजी अस्पताललाई सरकारको चेतावनी : निर्णय नमाने पीसीआर ल्याब बन्द गरिदिन्छौं

३ भदौ, काठमाडौं । सरकारले आफ्नो निर्णयअनुसार कोरोनाका विरामीका लागि बेड नछुट्याए पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई वेड कोरोनाका लागि छुट्टयाउनु पर्ने निर्णय गरेको छ ।

तर कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु घातक हुने निजी अस्पतालहरुले बताएका छन् । सरकारले चाहे केही निजी अस्पताललाई पूर्ण रुपमा कोभिड अस्पताल बनाउन सक्ने निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युट आफ नेपाल (अफिन) ले बताएको छ ।

साथै सरकारले तोकेको शुल्कमा पनि अफिनको असहमति छ । यदि सरकारले पीपीईलगायतका सुरक्षा सामग्री उपलब्ध गराएमा मात्र दैनिक ३५०० देखि १५ हजारमा कोरोना संक्रमितको उपचार गर्न अफिनले बताएको छ ।

तर स्वास्थ्य मन्त्रालयले भने आफ्नो निर्देशन नमान्ने निजी अस्पताललाई पीसीआर टेष्टका लागि दिएको अनुमति नै खारेज गर्ने चेतावनी दिएको छ ।

इन्सिडेन्ट कमाण्ड सिस्टमको मंगलबार बसेको बैठकले सरकारको निर्णय नमान्ने अस्पताल तथा मेडिकल कलेजलाई ल्याब सञ्चालन गर्न दिएको अनुमति खारेज गर्ने र निर्णय मान्ने सबैलाई ल्याब सञ्चालन गर्न दिने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

अलविदा राष्ट्रकवि

Advertisment