Comments Add Comment

दैलेखमा आजैदेखि चार दिनसम्म निषेधाज्ञा

४ भादौ, सुर्खेत । दैलेखमा चार दिन निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड-१९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

आजै -बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासनकार्यालयले सूचना जारी गरेको छ ।

पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दो भए पनि तीजको बेलामा मान्छेहरु एकैटाउँमा जम्मा हुने र भिडभाड बढ्ने भएकाले ४ दिनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।

‘पछिल्लो दिनहरूमा बजार क्षेत्रमा भिडभाड बढेको छ । भिडबाट संक्रमण फैलिन सक्ने भएकाले त्यस्को जोखिम न्यूनीकरण गर्न निषेधाज्ञा जारी रिएको हो,’ उनले भने ।

जिल्लाको पूर्वमा जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालीकोट र अछाम जिल्लाको सिमाना उत्तरमा कालीकोट जिल्लाको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाभित्र कुनै पनि गतिविधि नगर्न नगराउन आदेश जारी गरेको छ ।

निषेधाज्ञा अवधिभर औषधि पसल, अस्पताल तथा स्वास्थ्यकेन्द्र, खानेपानी, विद्युत, फोहोरमैला व्यवस्थापनलगायतका अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment