
४ भदौ, काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नेवलनीलाई बेहोसी अवस्थामा अस्पताल भर्ना गरिएको छ । उनलाई विष दिइएको हुनसक्ने उनका प्रवक्ताले बताएका छन् ।
भ्रष्टाचार विरोधी नेता नेवलनी विमान यात्राको क्रममा बिरामी भएका थिए । मस्कोबाट अम्स्क फर्किने क्रममा उनको अवस्था गम्भीर भएपछि विमान ओम्स्कमा आपतकालीन रुपमा अवतरण गर्नु परेको थियो ।
उनका प्रवक्ताले भने उनलाई दिइएको चियामा केही मिसावट भएको हुनसक्ने आशंका गरेका छन् । उनले विहान चिया मात्र पिएका थिए ।
४४ वर्षका नेवलनीको अवस्था स्थिर तर गम्भीर रहेको अस्पतालले बताएको छ । उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4