Comments Add Comment

रातो पहिरनमा खुलेकी गरिमा

नायिका गरिमा पन्तको चर्चा विगत केही बर्षदेखि चलचित्रका कारण छैन । किनकी, उनले चलचित्रमा काम नगरेको लामो समय भैसक्यो । वेल्जियममा रहेका व्यापारी हरि सिलवालसँग बिहे गरेपछि गरिमा यूरोपमा छन् । यूरोपमा व्यवसाय गर्दै आएकी गरिमा सामाजिक संजालमा राख्ने तस्वीरका कारण भने चर्चामा रहँदै आएकी छिन् ।

नेपाल आएको समयमा गरिमा र हरिले सामाजिक कार्यलाई पनि निरन्तरता दिदै आएका छन् । गरिमा सामाजिक संजालमा तस्वीर मार्फत आफ्ना फ्यानलाई आफ्नो बारेमा जानकारी गराउन अग्रसर छिन् । आफू यूरोपमा रहेपनि आफ्ना दर्शकले आफूलाई नविर्सिउन् भन्ने सोच उनको हुन सक्छ ।

नायिका पन्तले प्रेमको रंगको रुपमा चिनिने रातो रंगको पहिरनमा सजिदै तस्वीर पोष्ट गरेकी छिन् । जहाँ, उनी निकै आकर्षक देखिएकी छिन् । चलचित्रको पर्दामा साधारण तरिकाले प्रस्तुत हुने गरिमा बिहेपछि शरीर मेन्टेन गर्न त अग्रसर छिन् नै पहिरनमा पनि निकै चुजी देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment