+
+
Shares

बैंकिङ सेवा सुरु, सीमित शाखाहरुमात्रै खुले

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ५ गते ११:३९

५ भदौं, काठमाडौं । काठमाडौं उपत्यकामा बैंकका शाखा कार्यालयहरु खुला हुने भएका छन् । गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् ।

बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएको भन्दै बैंकर्स संघले सेवा नदिने बताएको थियो । गृहले सहजीकरण गरिदिए पछि शुक्रबार सबै बैंकले सेवा दिन थालेका हुन् ।

तर सबै शाखा कार्यालयहरु भने खुला भएका छैनन् । सिमित शाखाहरु मात्रै खुला गरेरसेवा प्रवाह शुरु गरिएको बैंकर्स संघले जानकारी दिएको छ । बैंकर्स संघका अनुसार प्रधान कार्यालयसहित उपत्यकामा एक बैंक बराबर ४ वटासम्म शाखा कार्यालयहरुमात्रै सञ्चालनमा आएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?