५ भदौ, काठमाडौं । लुइस एनरिकेले स्पेनको प्रशिक्षक भएपछि पहिलो पटक स्पेनको टिम घोषणा गरेका छन् । र उनले खेलाडी छनोटमा स्पष्ट सन्देश पनि दिएका छन्- युवा उमेर र क्षमता । टिममा पुराना खेलाडी सर्जियो रामोस र सर्जियो बुस्केटमात्र दोहोरिएका छन् ।
गोलकिपिङमा पाउ लोपेजलाई उनाई सिमोनले प्रतिस्थापन गरेका छन् ।
केही ठूला नामहरु जोर्डी अल्वा, सउल निगेज, इस्को, अल्भारो मोराटा टिममा अटाएनन् । एरिक गार्सिया, सर्जियो रेगुइलोन, मिकेल मेरिनो, ओस्कार रोड्रिगेज, अन्सु फाटी, फेरान टोरेस जस्ता खेलाडीले टिममा अवसर पाएका छन् ।
टिममा रियल मड्रिडबाट डाद्धी कार्भाहाल, रामोस रेगुइलोन, ओस्का र रमार्को असेन्सिओसहित ५ खेलाडी छन् । यस्तै इंग्लिस क्लब म्यानचेष्टर सिटीबाट एरिक गार्सिया, रोड्री हर्नान्डेज र फेरान टोरेस छन् । ला लिगा क्लब रियल सोसिडाडबाट डिएगो लोरेन्टे, मिकेल मेरिनो र मिकेल ओयाजाबालसहित ३ जना छन् । बार्सिलोनाबाट बुस्केट र फाटी छन् भने एट्लेटिको मड्रिडबाट कुनै खेलाडी परेनन् ।
गोलकिपर
एनरिके र रोबर्टो मोरेनो दुवैले डेविड डे हेया र केपा अरिजाबालागा र पाउ लोपेजलाई ती गोलकिपरको रुपमा राखेका थिए । यस पटक भने डेविड डे हेया र केपा कायम रहँदा पाउ लोपेजको स्थानमा उनाई सिमोन आएका छन् ।
केपाले चेल्सीका लागि राम्रो गर्न नसकेपनि उनले अवसर पाएका छन् । यस्तै पाउ लोपेजले रोमाको लागि राम्रो प्रदर्शन गरेपनि टिममा स्थान बनाउन सकेनन् ।
डिफेण्डर
यस पोजिसनमा थपिएका खेलाडी हुन् एरिक गार्सिया । म्यानचेष्टर सिटीका सेन्टर ब्याकले २०१९-२० मा पेप ग्वार्डिओलाको टिममा खेल्ने अवसर पाएका थिए । उनले लियोनविरुद्ध च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पनि सिटीका लागि खेलेका थिए ।
एनरिकले रामोस, कार्भाहाल, सेसस नाभासलाई टिममा कायम राख्दै युवा खेलाडीहरु पाउ टोरेस, डिएगो लरेन्टलाई पनि निरन्तरता दिएका छन् । यस्तै लेफ्ट ब्याक जोस लुइस गायाले पनि टिममा निरन्तरता पाएका छन् । तर जोर्डी अल्वाको स्थानमा रेगुइलोन आएका छन् ।
एट्लेटिको विल्वाओको सेन्टर ब्याक इनिगो मार्टिनेज भने टिमबाट बाहिरिएका छन् ।
मिडफिल्ड
एनरिकेले रियल मड्रिडको एकेडेमीबाट ग्र्याजुएट भएका ओस्कार रोड्रिगेजलाई राखेका केहीलाई आश्चर्यमा पारेका छन् । ओस्कारले लेगानेसमा लोनमा राम्रो प्रदर्शन गरेका थिए । यस्तै पहिलो पटक टिममा परेका मिकेल मेरिनोको नाम थोरै सुनिन सक्छ किनकी टिममा बुस्केट, थियागो अलकान्टरा र रोड्री नियमित रुपमा खेल्दै आएका छन् ।
डानी ओल्मो र फाबियन रुइजले अट्याकिङ मिडफिल्डको रुपमा टिममा स्थान बनाएका छन् । साउल निकेज, इस्को र डानी सेबायोस भने टिममा परेन सकेनन् । यस्तै डानी परेजोको लागि पनि टिममा पर्न कठिन देखिएको छ ।
अट्याक
यस्तै एनरिकले फरवार्ड लाइनमा पनि परिवर्तन गरेका छन् । जसमा गति भएका खेलाडीलाई राखेका छन् । म्यानचेष्टर सिटीले भर्खरै अनुबन्ध गरेका फेरान टोरेसमा एनरिकेले विश्वास देखाएका छन् । यस्तै बार्सिलोनाको १७ वर्षीय युवा स्टार अन्सु फाटी र वल्भ्सबाट खेल्ने एडामा ट्राओरे पनि टिममा छन् ।
यस्तै स्पेनिस टिममा स्वाभाविक रुपमा पर्न अन्य फरवार्डमा भ्यालेन्सियाका मोरेनो, सोसिडाडका ओयाजाबल र रियल मड्रिडका असेन्सिओ छन् ।
जेरार्ड मोरेनो टिममा नपर्नु भने आश्चर्यको रुपमा रहेका छ । उनले ला लिगामा १८ गोल गर्दै जारा ट्रफी जितेका थिए । ला लिगामा धेरै गोल गर्ने स्पेनी खेलाडीले यो अवार्ड पाउनेछ ।
प्रतिक्रिया 4