Comments Add Comment

सुर्खेतमा चिया पसल सञ्चालक र कालीगढमा कोरोना

९ भदौ, सुर्खेत । सुर्खेतमा चिया पसल सञ्चालक, सुरक्षाकर्मी र कालिगढमा कोरोना संक्रमण देखिएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा वीरेन्द्रनगर नगरपालिका–८ इत्रामका चिया पसल सञ्चालकको परिवारका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार वीरेन्द्रनगर– ६ का एक सुनचाँदी पसलका कालिगढलाई पनि कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै सुर्खेतको बबइ नाकामा पीसीआर परीक्षण गर्दा धनुषा र कञ्चनपुर घर भएका दुई जना चालकमा पनि कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए । सुर्खेतमै एक प्रहरीमा पनि संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशमा मंगलबार १८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सुर्खेतका पाँच जना, दैलेख र कालीकोटका ४÷४ जना, सल्यानका दुई, जुम्ला, धनुषा र कञ्चनपुरका एक/एक जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कर्णालीमा मंगलबार १५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या २००७ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

हालसम्म संक्रमितको संख्या २ हजार ३१३ रहेको छ । कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment