
९ भदौ, सुर्खेत । दैलेखका दुई बालक कर्णाली नदीमा बेपत्ता भएका छन् । आठबिस नगरपालिका –४, भेल्तडीका दुई बालक मंगलबार दिउँसो कर्णाली नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका हुन् ।
१४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी बेपत्ता भएका दैलेखका डीएसपी हरि वलीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।
नदीमा बेपत्ता भएका बालको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको डीएसपी वलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4