Comments Add Comment

इन्डोनेसियाको बाली यस वर्ष विदेशी पर्यटकका लागि बन्द

१० भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै इन्डोनेसियाली द्वीप बाली यस वर्ष (सन् २०२०)मा नखुल्ने भएको छ । बाली पर्यटकहरुका लागि लोकप्रिय पर्यटकीय स्थल हो ।

बालीका अधिकारीहरुका अनुसार आगामी महिनादेखि बालीमा उल्लेख्य संख्यामा पर्यटक आउन सक्ने भएकाले कोरोना संक्रमणलाई ध्यानमा राख्दै बाली बन्द गर्ने निर्णय गरिएको हो ।

यद्यपि यो निर्णयले आगामी दिनमा बालीको अर्थतन्त्रमा भने नकारात्मक असर पार्न सक्ने बताइएको छ । प्रत्येक वर्ष बाली घुम्न लाखौं पर्यटक जाने गरेका छन् । बालीको समुद्री किनारा, आकर्षक धानखेत र हिन्दू मन्दिर हेर्न मानिसहरु बाली जाने गरेका छन् ।

यद्यपि अन्य मुलुकमा महामारी शुरु भएसँगै इन्डोनेसियाको बाली घुम्न आउने मानिसको संख्यामा पनि उल्लेख्य गिरावट आएको देखिएको छ । जुलाईको अन्तिममा इन्डोनेसियाले आन्तरिक पर्यटनलाई बचाउन मन्दिर र अन्य पर्यटकीय क्षेत्रहरु खोल्ने निर्णय गरेको थियो । यद्यपि अझै पनि यहाँका रेष्टुरेन्ट र होटलले समस्याको सामना गरिरहेका छन् । रिसोर्टमा काम गर्ने मानिसहरुलाई छुट्टी दिइएको छ ।

बालीका गभर्नर वयान कोस्टरले हालै दिएको एक अभिव्यक्तिमा बालीसहित इन्डोनेसियामा अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय पर्यटक भित्रिन दिनु उचित नहुने बताएका छन् । उनले भविष्यमा पहिलाको जस्तै गरी बालीमा अन्तर्राष्ट्रिय पर्यटक आउने तर यस वर्ष भने बाली खुल्ने सम्भावना नरहेको उनले स्पष्ट पारेका छन् । उनले यो द्वीप खोल्नका लागि विवेकपूर्ण र सावधानीपूर्ण तयारी गर्नु जरुरी रहेको बताएका छन् । अन्यथा यहाँको अवस्था बिग्रने र त्यसबाट सुधार हुनको लागि लामो समय लाग्ने बताएका छन् ।

बालीमा कोरोना भाइरसका चार हजार ५७६ संक्रमित फेला परेका छन् भने सोमबारसम्म ५२ जनाको मृत्यु भएको छ ।

 स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment