
रिलायन्स लाइफ इन्सुरेन्सले सर्वसाधारणमा प्रारम्भिक निष्कासनमार्फत जारी गरेको रु. १०० अंकित दरका ६३ लाख कित्ता साधारण शेयरमा इच्छुक करिब ६ लाख ९ हजार लगानीकर्ताहरुबाट नेपालको पुँजी बजारकै इतिहासमा प्रारम्भिक शेयर निष्कासनमा सर्वाधिक आवेदन प्राप्त भएको जनाएको छ । निष्काशन गरेको धितोपत्रको ३.८५ गुणाका लागि आवेदन पर्न गएको छ ।
कम्पनी प्रति देखाउनु भएको विश्वासको लागि सम्पूर्ण लगानीकर्तामा कम्पनीले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
सो कार्यमा सहयोग गर्नुहुने बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग लि., धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक – सानिमा क्यापिटल लि., शेयर प्रत्याभूतिकर्ता – प्रभु क्यापिटल लि., मिडिया हाउसहरु, कम्पनीको संचालक समिति, संस्थापकहरु, कम्पनीका कर्मचारी, रिलायन्स साथी -अभिकर्ता), ग्राहक तथा शुभ चिन्तकहरुमा कम्पनीले कृतज्ञता ज्ञापन गरेको छ।
प्रतिक्रिया 4