+
+
Shares

डाक्टरलाई कोरोना देखिएपछि जाजरकोट अस्पतालको ओपीडी सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ११ गते १५:०१

११ भदौ, सुर्खेत । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पतालको आकस्मिक बाहेकका सेवा (ओपीडी) बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनिल पुनले बताए ।

‘अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्ने सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चिकित्सकसहित पाँचजनामा संक्रमण देखिएको छ,’ डा. पुनले भने, ‘कतिपएको रिर्पोट आउँन अझै बाँकी नै छ । तेतिन्जेल आकस्मिक बाहेकका सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरेका छौं ।’

अस्पतालका अनुसार डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

चार दिनअघि मात्रै राष्ट्रिय बाणिज्य बैंक, नेपाल प्रहरी, नेपाली सेना र भेरी नगरपालिकाका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको थियो ।

पछिल्लो समय कोरोना संक्रमण बढेपछि जाजरकोटको भेरी नगरपालिका वडानम्बर ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?