+
+
Shares

सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १३:४४

१२ भदौ, काठमाडौं । नेपाल- भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको जिम्मेवारी परिवर्तन गर्ने बेला परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा, बारा र रौतहटको नेपाल-भारत सीमा  क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारीको बुधबार स्वाब लिएर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए अनुसार संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ ।

महामारीका बेला सुरक्षा निकायमा कर्मचारीको सरुवा भएपछि रवाना हुनुअघि कोरोना संक्रमण परीक्षण हुँदै आएको छ । त्यही क्रममा सरुवा भएका सशस्त्र प्रहरी कर्मचारीमा संक्रमणको जाँच गरिएको थियो ।

सीमामा कार्यरत रहँदा र क्वारेन्टिन व्यवस्थापन गर्दा उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य थालिएको छ ।

योसँगै हालसम्म देशभर ५ सय २ सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?