+

बार्सिलोनाद्वारा सुआरेज-हिगुएन स्वाप डिल अस्वीकर

२०७७ भदौ  १२ गते १४:३१ २०७७ भदौ १२ गते १४:३१
बार्सिलोनाद्वारा सुआरेज-हिगुएन स्वाप डिल अस्वीकर

१२ भदौ काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले क्लबका फरवार्ड लुइस सुआरेज र युभेन्ट्सका फरवार्ड गोन्जा हिगुएनबीचको साटफेर गर्ने विषयलाई अस्वीकार गरेको छ ।

क्याटलान क्लब बार्सिलोनाले सुआरेजको बहिगर्नमन चाहिरहेको र युभेन्ट्स पनि हिगुएन हटाउन चाहेको सन्दर्भमा सिरी ए क्लबले आश्चर्यजनकरुपमा साटफेरको अफर गरेको बेलायती अनलाइन दीसन ले जनाएको छ ।

इटालियन पत्रकार टानस्रेडी पाल्मेसीका अनुसार युभेन्ट्सले केही दिनअघि यसका लागि प्रस्ताव गरेको थियो ।

तर बार्सिलोनाले फुटबल इतिहासमै गोल स्कोररहरुको यो साटफेरलाई अस्वीकार गरेको जनाइएको छ ।

यी दुई खेलाडीले मिलाएर ७०० भन्दा बढी गोल गरिसकेका छन् ।

३३ वर्षीय सुआरेजले बार्सिलोनाका लागि हरेक १.४ खेलमा गोल गरिरहेका छन् । २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका सुआरेजलाई बार्सिलाका नयाँ प्रशिक्षक रोनाल्डो कोएमनले राख्न नचाहेको सार्वजनिक भइसकेको छ ।

नयाँ प्रशिक्षकको यस्तो फोनकलले सुआरेजले अपसेट भएको स्पानिस सञ्चारमाध्यमले जनाएको छ ।

उता युभेन्ट्सका नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले पनि हिगुएनलाई क्लब छाड्न अनुमति रहेको बताएका छन् ।

बार्सिलोना सुआरेज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय