Comments Add Comment

कोरोना र बाढी प्रभावित ५९७ परिवारलाई खाद्यान्न

१२ भदौ, काठमाडौं । बेलायतमा रहेका नेपालीहरुले कोरोना महामारी र बाढी, पहिरोका कारण समस्यामा परेका पाँच सय ९७ परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

बन्दाबन्दी सुरु भएयताका पाँच महिनाको अवधिमा रोजगारी गुमाएका, दलित, अतिविपन्न र सीमान्तकृत समुदाय तथा बाढी पहिरो पीडितलाई बेलायतस्थित नेपाली वेल्फेयर सोसाइटीको संयोजनमा राहत सामाग्री वितरण गरिएको हो ।

१६ जिल्लाका विपन्न परिवारलाई २० लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीले बताए ।

उदयपुरको भुल्के, चितवनको भरतपुर, नेपालगञ्ज, खोटाङको खोटेहाङका २०/२० घर परिवारलाई राहत वितरण गरेको सार्कीले जानकारी दिए ।

त्यस्तै, स्याङ्जा पुतलीबजारका ४०, सप्तरी कञ्चनरुपका ३२, कैलाली धनगढीका ३०, दाङको घोराहीका ५०, जाजरकोटको भेरी नगरपालिकाका ६० र रुकुम सानीभेरीका ४० घर परिवारलाई पनि राहत उपलब्ध गराएको उनले बताए ।

यस्तै, लमजुङको बेशीशहरका ६० घर, बाग्लुङको गल्कोटका ५० घर, मोरङको सुन्दरहरैँचाका ४० घर, म्याग्दीको मालिका र धौलागिरीका एक सय ४५ घर, तनहुँको घिरिङका ६० घर र सिन्धुपाल्चोकको भोटेकोशीका ५० घरलाई समेत खाद्यान्न सामाग्री वितरण भएको छ ।

सोसाइटीका नेपालस्थित प्रतिनिधि डा. बुद्धि नेपालीका अनुसार प्रतिपरिवार तीन हजार पाँच सय रुपैयाँ बराबरको प्याकेजमा ३० केजी चामल, ५ केजी दाल, दुई लिटर तेल, दुई केजी नुन र साबुन स्थानीय प्रशासनमार्फत बितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment