
१२ भदौ, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या एक लाख ८० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख ८० हजार ८४४ पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या ५८ लाख ६९ हजार ३२ पुगेको छ । अमेरिकामा संक्रमित संख्याको आधारमा विश्वको सबैभन्दा प्रभावित मुलुक हो ।
अमेरिकामा अहिलेसम्म २१ लाख एक हजार १३६ संक्रमित निको भइसकेका छन् । अमेरिकामा विद्यालय खुलेसँगै कोरोना भाइरसका संक्रमित बढेको केही विशेषज्ञहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4