Comments Add Comment

आफूलाई आकर्षक देखाउन के गर्छन् बलिउड अभिनेत्रीहरु

अहिले कोरोनाको कारण मेकअप गर्ने, पार्लर धाउने अनुकुल वातावरण छैन । त्यसो त धेरैजसो अवस्थामा घरभित्र बस्नुपर्ने, हिँडडुल गर्दा मास्क लगाउनुपर्ने भएकाले पनि मेकअप गर्नैपर्ने बाध्यता नहोला । यद्यपि यस्तो अवस्थामा पनि कसरी आफ्नो अनुहार, कपाल, छाला, नङ अर्थात समग्र शरीरको सौन्दर्य कायम राख्ने ? कसरी आफुलाई फिट एन्ड फाइन राख्ने ? सरोकारका विषय हुन् ।

यसै मेसोमा अहिले ‘नो मेकअप’ भन्दै कतिपय सेलिब्रेटीहरु लिपपोत नगरी सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । त्यसो त सेलिब्रेटीहरुले आफुलाई अकर्षक देखाउनका लागि अनुहारको लिपपोतमा मात्र भर पर्दैनन् । उनीहरु व्यायाम, खानपानदेखि सन्तुलित जीवनशैलीसम्ममा ध्यान दिने गर्छन् । खासगरी बलिउड सेलिब्रेटीहरु आफ्नो सौन्दर्य कायम राख्न व्यायाम र खानपानमा बढी ध्यान दिन्छन् । योग, ध्यान गर्ने, व्यायाम गर्ने उनीहरुको नियमित तालिका हुन् ।

अधिकांश बलिउड अभिनेत्रीले आफुलाई आकर्षक राख्नका लागि प्रशस्तै मेहनत गरिरहेका पाइन्छन् । उनीहरु नियमित जीम जाने, व्यायाम गर्ने, योग गर्ने, प्राणायम गर्ने, ध्यान गर्ने गर्छन् । कतिपयलाई त व्यायामको लत नै लागेको पनि छ भन्ने गरिन्छ ।

केही समयअघि निर्माता एवं निर्देशक बोनी कपूरले छोरी जान्ह्वी कपूरलाई लक्षित गरेर एउटा पत्रिकाको लेख पोस्ट गरेको कुराबाट पनि यसको संकेत मिल्छ । उक्त लेखमा फिटनेस एडिक्सनको साइड इफेक्टबारे लेखिएको थियो । संभवत बोनी आफ्ना छोरीलाई फिटनेसप्रति त्यती धेरै आशक्ति नराख्न सुझाउँथे ।

अन्र्तवर्ताको क्रममा बलिउड अभिनेत्रीहरुको जब दैनिक तालिकाबारे सोधीखोजी गरिन्छ, उनीहरुको तालिकामा व्यायाम, जिम, वर्कआउट, ध्यान, योग अभिन्न रुपमा जोडिएकै हुन्छ ।

शिल्पा सेट्टी त योग गुरुको रुपमा चिनिदैछन् । उनी निकै कठिन योगाभ्यस पनि गर्न सक्छन् । बाबा रामदेवसँग पनि उनले स्टेजमा एकसाथ योग अभ्यास गरेकी छिन् । युट्युबमा खोज्ने  हो भने, शिल्पाले योग गरेको भिडियो प्रशस्तै पाइन्छ ।

विपशा बसुलगायत अरु थुप्रै अभिनेत्री योग, ध्यान, व्यायाममा निपूर्ण रहेको पाइन्छ । केही समयअघि अभिनेत्री रानी मुखर्जीले दिनमा सय पटकभन्दा बढी सूर्य नमस्कार गर्ने गरेको बताएकी थिइन् । सूर्य नमस्कारमा १२ वटा अवस्थिती हुन्छ, जसले समग्र शरीरको समूचित व्यायाम गराउँछ ।

बलिउड अभिनेत्रीहरुले खानपानमा पनि उत्तिकै ध्यान दिने गरेका छन् । उनीहरु सन्तुलित र सुपाच्य भोजन गर्छन् । धेरैजसोले उसिनेको खानेकुरा सेवन गर्छन् । विहानदेखि रातीसम्मको खानपान तालिकामा सम्पूर्ण पोषक तत्व मिलाएका हुन्छन् ।

यी भए प्राकृतिक तौर तरिका । यसबाहेक उनीहरु ड्रेसअप, मेकअपमा पनि उत्तिकै सचेत हुने गरेका छन् । अतः यहाँ केही बलिउड अभिनेत्रीको मेकअप शैलीबारे चर्चा गरिएको छ ।

अभिनेत्री ऐश्वर्य राय वच्चनले भनेकी छिन्, ‘मेरो हिसाबले हरेक युवती सुन्दर हुन्छन् । मेरो सुन्दरतामा मेकअपको ठूलो भूमिका छ । ग्ल्यामर वल्र्डमा आइसकेपछि मैले मेकअपलाई सधै साथी बनाएँ ।’

अभिनेत्री श्रद्धा कपूरले मेकअपलाई अहिले कम प्राथमिकता दिएको बताउने गरेकी छिन् । उनले भनेकी छिन्, ‘अहिले म निकै कम मेकअप गर्छु । मेकअपभन्दा पनि व्यायाम, योग र सही खानपानमा जोड दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment