Comments Add Comment
समाचार टिप्पणी :

बिरामी प्रधानमन्त्रीको राजीनामाले तरंगित जापानी राजनीति

आबेको योगदान : चीन, भारत र अमेरिकासँग सम्बन्ध सुधार

१६ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले गत शुक्रबार स्वास्थ्यका कारण देखाउँदै राजीनामा दिए । कोरोना भाइरस (कोभिड–१९) को महामारीकै बीचमा आएको राजीनामालाई विश्वभर निकै चासोका साथ हेरिएको छ ।

विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा सबैभन्दा लामो समय पदमा रहने प्रधानमन्त्रीको कीर्तिमानी बनाएका आबेको राजीनामासँगै भावी प्रधानमन्त्रीका विषयमा पनि चर्चा शुरु भएको छ ।

किन दिए आबेले राजीनामा ?

आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो । यस्तो अवस्थामा उनले आफ्नो स्वास्थ्यको कारणलाई देखाउँदै राजीनामाको घोषणा गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको कारण आफूले राम्रो राजनीतिक निर्णय गर्न नसक्ने बताए ।

उनले आफूले कार्यकाल पूरा गर्न नसकेकोमा जनतासँग माफी पनि मागेका छन् । उनको स्वास्थ्यमा गत जुलाईदेखि नै केही समस्या देखिँदै आएको थियो । अझै उनको उपचारका लागि लामो समय लाग्न सक्ने सम्भावना रहेकाले उनले राजीनामा दिएका हुन् । तर, यति मात्र कारण भने होइन ।

पछिल्लो समय जापानमा आबेको लोकप्रियता पनि घटेको थियो । आबेले मुलुकको आर्थिक सुधारको लागि ‘आबेनोमिक्स’को योजना अघि सारे । यसले राजकोष, मौद्रिक र संरचनात्मक नीतिमा नवपरिवर्तनको अनुमति दिने गर्छ । यद्यपि यो योजनामा भने अनुमान गरिएअनुसार सफलता मिलेन । यसको विज्ञापन बढी गरिएको भन्दै आबेको आलोचना हुने गरेको छ ।

सिन्जो आबेले यो आठ वर्षमा विभिन्न ६ वटा निर्वाचनहरुमा जित हासिल गरेर आफूलाई जनअनुमोदित गरे । जसमा तीनवटा तल्लो र तीनवटा माथिल्लो सदनका लागि भएका निर्वाचन थिए ।

आबेले उल्लेख्य लोकप्रियता पाए पनि गत वर्ष जापानको बिक्री कर आठ प्रतिशतबाट १० प्रतिशतमा पु¥याउने निर्णय गरेपछि उनको लोकप्रियतामा कमी आएको थियो । साथै अर्को भ्रष्टाचारको मुद्दा  आएसँगै  उनलाई थप क्षति पुगेको थियो ।

कोरोना भाइरसको महामारीसँग लड्ने विषयमा पनि आबेलाई सोचेजस्तो सफलता हासिल भएन भने टोकियो–२०२० ओलम्पिक खेल स्थगित हुँदा उनले धेरै निराशाको सामना गर्नुप¥यो ।

त्यस्तै पछिल्लो केही महिनायता जापानको अर्थतन्त्रमा पनि ठूलो गिरावट देखिएको छ । त्यसमा कोरोना भाइरसको महामारीमा जापानको अर्थतन्त्र थप समस्यामा परेको छ । आबेले राजीनामा दिनुको कारण यी समस्या पनि हुन सक्छन् । साथै आगामी प्रधानमन्त्रीलाई पनि यो अवस्थाबाट मुलुकलाई सामान्य अवस्थामा ल्याउने चुनौती हुनेछ ।

को बन्ला अबको प्रधानमन्त्री ?

आबेपछि अब जापानको राजनीतिक परिदृश्य धेरै अस्थिर भने नदेखिने अपेक्षा छ । किनकि अहिले आबेको पार्टी लिबरल डेमोक्रेटिक पार्टी बहुमतसहित सत्तामा छ । जापानको दुवै सदनम यो पार्टीको बहुमत छ । साथै सन् २०२१ सम्मको कार्यकालभन्दा अगाडि नै मध्यावधि निर्वाचन गर्नुपर्ने पनि कुनै कारण देखिएको छैन । त्यसैले त्यसअघिसम्मको राजनीतिक अवस्था स्थिर नै रहने देखिन्छ ।

चीनसँगको सम्बन्ध पनि जापानले निकै कुशलतापूर्वक कायम राखेको थियो । चीनसँग जापानको केही विषयमा पनि विवाद भए पनि आबेले व्यावहारिक सहयोगको बाटो भने बन्द हुन दिएनन्

अहिले जापानका पूर्व रक्षामन्त्री र पार्टीभित्र लामो समयसम्म आबेको प्रतिस्पर्धीको रुपमा रहेका शिगेरु इशिबाले आफू प्रधानमन्त्री पद सम्हाल्न तयार रहेको संकेत दिइसकेका छन् । उनले धेरैभन्दा धेरै आर्थिक समानताको विषयमा आफ्नो सन्देश जापानी जनताले राम्रोसँग बुझ्ने बताएका छन् । उपप्रधान तथा अर्थमन्त्री तारो आसोलाई पनि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा हेरिएकोा छ ।

संसद्मा आबेको पार्टीको पकड रहेकाले प्रधानमन्त्रीको निर्णय पार्टीले नै तय गर्नेछ । जापानका पूर्वविदेशमन्त्री फुमियो किशिदा पार्टीमा विवाद निकै कम भएका व्यक्ति मानिन्छन् । त्यसैले उनी प्रधानमन्त्री बन्ने सम्भावना पनि छ । त्यस्तै पार्टीका अन्य सदस्यमा मुख्य क्याबिनेट सेक्रेटरी योशिहिडे सुगा पनि यो पदका लागि एक उम्मेदवार बन्न सक्छन् । पर्यावरण मन्त्री शिन्जिरो कोइजुमी निकै लोकप्रिय छन् । तर, कम उमेर भएको कारण उनको सम्भावना भने कम छ ।

आबेको योगदान

सिन्जो आबेले प्रधानमन्त्रीका रुपमा देशलाई महत्वपूर्ण योगदान दिएका थिए । उनले राजनीतिक स्थायित्व कायम गरे । यसको सहारामा अन्तर्राष्ट्रियरुपमा पनि जापानले आफ्नो स्थान कायम राख्न सफल भयो । आबेले पहिलो र दोस्रो गरी आठ वर्षको आफ्नो कार्यकालमा आफूलाई सम्झिन उल्लेख्य ठाउँ राखिदिएका छन् ।

उनी जापानको राष्ट्रिय सुरक्षालाई नयाँ स्वरुप दिने योजनाका साथ आएका थिए । यो क्षेत्रको सुधारको नतिजा अहिले जापानमा देख्न सकिन्छ । उनले जापानमा क्षेत्रीय विश्वव्यापी राजनीतिक विभाजनलाई सन्तुलनमा राख्ने प्रयास गरे ।

साथै आबेले जापानका लागि लचिलो नीति ल्याएका थिए । यसको माध्यमबाट रक्षा क्षेत्रमा जापानलाई ठूलो उपलब्धि हासिल भयो । हालै मात्र जापानले बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडा रहेको ‘फाइभ आइज इन्टेलिजेन्स’ पार्टनरसिप’मा सहभागी हुने निर्णय गरेको छ । यससँगै अब जापान ‘शान्ति नीति’मा अघि बढिरहेको र आगामी दिनमा पनि उसले यसलाई अवलम्बन गर्दै अघि बढ्ने संकेत जापानले दिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध

आबेको पालामा जापानले अन्तर्राष्ट्रिय सम्बन्ध निकै सुमधुर राख्न सफल भएको छ । आबेले आफ्नो पद छाड्दा धेरैले उनको यो क्षमतालाई धेरैले प्रशंसा गरेका छन् । विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उनको सम्बन्ध राम्रो छ । जबकि पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा पनि अमेरिकासँग जापानको सम्बन्ध राम्रो थियो । अहिले अमेरिकाले लिएको नीतिको कारण अमेरिकासँग कूटनीतिक सफलता पाउनु निकै कठिन काम हो ।

जापानले अमेरिकासँगको व्यापारमा निकै समझदारीपूर्ण निर्णय लियो र व्यापारिक तनावको अवस्था आउन दिएन । जापानले अमेरिकासँग मात्र होइन, अमेरिका, भारत, अष्ट्रेलियाजस्ता मुलुकसँग पनि निकै समझदारीपूर्ण तरिकाले निर्णय लिएको थियो । यसबाट आबेको कूटनीतिक कुशलतालाई बुझ्न सकिन्छ ।

चीनसँगको सम्बन्ध पनि जापानले निकै कुशलतापूर्वक कायम राखेको थियो । चीनसँग जापानको केही विषयमा पनि विवाद भए पनि आबेले व्यावहारिक सहयोगको बाटो भने बन्द हुन दिएनन् । उनले सन् २०१८ मा चीनसँग धेरै वित्तीय र विकास परियोजनाको सम्झौता पनि गरेका थिए । आबेले आफ्नो कार्यकालमा ट्रान्स–प्यासिफिक पर्टनरसिप (टीपीपी–११)लाई बलियो बनाउन निर्णायक भूमिका निर्वाह गरेका थिए ।

सन् २०१९ मा जापानले युरोपेली संघ (ईयू)सँग पनि एक सफल व्यापारिक सम्झौता गरेका थिए । त्यस्तै भारतसँग जापानको शिखर वार्ताको तयारी चलिरहेको छ ।

कूटनीतिक हिसाबमा आबेले चालेको कदमलाई पछ्याउँदै आगामी दिनमा सबै मुलुकसँग मित्रवत् सम्बन्ध स्थापना गर्नुका साथै समझदारीपूर्ण कूटनीतिक निर्णय गर्नु आगामी प्रधानमन्त्रीको लागि चुनौती हुनेछ ।

(अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment