Comments Add Comment

जापानका प्रधानमन्त्री सिन्जो आबेले दिए राजीनामा

१२ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यमा देखिएको समस्याको कारण उनले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् ।

पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको बताए ।

‘मेरो खराब स्वास्थ्य अवस्थाको कारण गलत निर्णय राजनीतिक निर्णय हुनुहुँदैन’, उनले भने, ‘जहिलेसम्म म जापानी जनताको अपेक्षा पूरा गर्न सक्षम बन्दिनँ, त्यतिबेलासम्मको लागि मैले प्रधानमन्त्री पधानमन्त्री पदमा रहनु हुँदैन । त्यसैले मैले पद छाड्ने निर्णय गरेको छु ।’

आबेले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोप्रति जापानका जनताहरुसँग माफी पनि मागेका छन् । पछिल्लो समय आबेको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ । उनको उपचारमको लागि अब एक वर्ष पनि लाग्न सक्ने जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

६५ वर्षीय आबे जापानका सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री हुन् । उनी सन् २०१२ यता निरन्तर प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए । उनको राजीनामासँगै अब जापानका उपप्रधान तथा अर्थमन्त्री तारो आसो आबेको बाँकी कार्यकालका लागि आबेको भूमिकामा आउन सक्ने सम्भावना छ ।

साथै चिफ क्याबिनेट सेक्रेटरी योसिहिडे सुगाको पनि सम्भावना छ । अब संसद्मा हुने निर्वाचनमार्फत् नयाँ प्रधानमन्त्रीको चयन हुनेछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment