+
+
Shares

नेपालगञ्ज मेडिकल कलेजमा सुरु भयो रेम्डिसिभिर र प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १६:०१

१७ भदौ, काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पहिलो पल्ट कोरोना संक्रमित बिरामीलाई रेम्डिसिभिर औषधि र प्लाज्मा थेरापी मार्फत उपचार शुरु गरिएको छ ।

भदौ १५ गते कैलालीको धनगढी उपउपमहानगरपालिका-३ का ४८ वर्षीय संक्रमित पुरुषमा श्वासप्रश्वासमा समस्या भएपछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ आईसियूमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्यमा समस्या आएपछि इन्जेक्टेबल औषधी रेम्डिसिभिर र प्लाज्मा थेरापी दुबै एकै साथ प्रयोग गरिएको हो । प्लाज्मा थेरापी र रेम्डिसिभिर औषधि प्रयोगपछि बिरामीको स्वास्थमा सुधार आएको उपचामा संग्लन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ फिजिसिएन डा. श्याम बिकेले जानकारी दिए ।

रेम्डिसिभिर औषधि भेन्टिलेटरमा भएका बिरामीलाई दश दिनसम्म प्रयोग गर्न सकिने र भेन्टिलेटर भन्दा बाहिरका बिरामीलाई पाँच दिनसम्म प्रयोग गर्न सकिने नेपाल स्वास्थ अनुसन्धान परिषदका बोर्ड सदस्य समेत रहेका चिकित्सक बिके बताए ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा डा. सुमित पाण्डेको संयोजकत्वमा डा. असिम किद्वाईसहितको टिमले पश्चिम नेपालमा रेम्डिसिभिर र प्लाज्मा थेरापीको उपचार पद्धतिसहितको अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?