+
+
Shares

के स्वेताकी छोरी बन्न तयार होलिन् सेड्रिना ?

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते १२:२६

नायिका स्वेता खड्काले अभिनय गरेका चलचित्रमा उनी नायिकाको रुपमा प्रस्तुत हुँदै आएकी छिन् । अधिकांश चलचित्रमा लभर गर्लको रुपमा प्रस्तुत भएकी स्वेता अब भने आमाको भूमिकामा काम गर्दैछिन् । |

निर्देशक यम थापाले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा स्वेताले आमाको भूमिकामा काम गर्ने तयारी गरेकी हुन् । यो चलचित्र ३ जना कलाकारको वरिपरी घुम्नेछ । एक आमा र २ सन्तानको वरिपरी घुम्ने चलचित्रका लागि निर्माणपक्षले कलाकार सेड्रिना शर्मालाई अफर गर्दैछ ।

निर्देशक यम थापा चलचित्रको छायांकन असोजबाट सुरु गर्ने योजनामा छन् । तर, यसका लागि उनी अहिले कलाकार फाइनल गरिरहेका छन् ।

नायिका सेड्रिना शर्मा यसअगाडि नायिका प्रियंका कार्कीको छोरीको भूमिकामा देखिएकी थिइन् ।

‘नाई नभन्नु ल ५’बाट चर्चामा आएकी यी कलाकार अब ‘नाई नभन्नु ल ६’मा पनि काम गर्ने तयारीमा छिन् । यस्तो अवस्थामा उनले के स्वेताको छोरी बन्नका लागि हुन्छ भन्लिन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?