Comments Add Comment

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम जोडीको आवाज नहुन सक्छ । यो पनि हुनसक्छ कि यो आवाज एउटा विशाल नर कछुवाको हुन सक्छ । नरकछुवाको त्यो आवाजले मान्छेले मात्रै यौन सम्पर्कमा आनन्द लिँदैनन् भन्ने कुरालाई पुष्टि गर्छ । यौनसम्पर्कको समयमा जनावरहरूले समेत चरम सुखको अनुभूति गर्ने गर्छन् ।

जनावरहरूले कसरी महसुस गर्छन् यौन आनन्द ?

धेरैलाई भ्रम हुन सक्छ कि जनावरहरू केवल सन्तान प्राप्तिको लागि मात्रै यौन सम्बन्ध राख्छन् । साधारणतया हामीहरू पात्तु जनावरलाई सन्तानप्राप्तिको लागि मात्रै यौन सम्पर्क गरेको देख्ने गर्छाैं । पशुको संसारमा भेटिने धेरै रहस्यहरूमध्ये एक हो उनीहरूको यौन जीवन । अमेरिकाको कोलोराडो युनिभर्सिटीका जीवविज्ञानी एवं द इमोसनल लाइभ्स अफ एनिमल्सका लेखक मार्क बेकोफले लाइफसाइन्सेस डटकममा लेखेको आलेखमा धेरैजसो स्तनपायी जनावरहरूले यौन जीवनको बारेमा आनन्द लिन्छन् ।

यद्यपि जनावरहरूमा मान्छेको जस्तो धेरै यौनसम्पर्क भने नहुने सो आलेखमा उल्लेख छ । सामान्यतया जनावरहरूले बच्चा जन्माउनकै लागि यौन सम्बन्ध राख्छन् । तिनीहरू केवल एक खास मौसममा यौन सम्बन्ध राख्छन् । यद्यपि यौनसम्पर्कको हिसाबले जनावर र मानव संसारबीच धेरै समानताहरू छन् । कतिपय समाजशास्त्रीहरू सर्पजस्ता केही पशुहरूले यौन सम्पर्क राख्नुअघि सेक्स अघि ‘फोरप्ले’को मजा लिन्छन्, जुन एक घण्टासम्म चल्छ । बोनोबोज (चिम्प्स) र डल्फिनहरूले मनोरञ्जनका लागि यौनसम्बन्ध राखेका हुन्छन् ।

अफ्रिका महादेशको सेशेल्स गणराज्यमा रहेको कछुवा प्रजनन केन्द्रका जीववैज्ञानिक जस्टिन गर्लाच कछुवाहरूले आनन्दको लागि नै यौनसम्पर्क राख्ने गरेको बताउँछन् । उनीहरू विपरीत लिंगीसँग सँगै बस्दामात्रै पनि आनन्द मानेको व्यवहार देखाउने बताउँछन् । बाँदरको यौनसम्पर्क पनि मान्छेकोसँग मिल्दोजुल्दो हुन्छ । उनीहरूका लागि पनि यौन केवल सन्तान प्राप्तिका लागि मात्रै हुँदैन । बाँदरहरूले हस्तमैथुन पनि गर्छ भन्ने जीववैज्ञानिकहरूको मान्यता छ ।

चाहेर पनि किन अधिक यौन आनन्द लिन सक्दैनन् धेरै जनावर ?

धेरैजसो पशुहरूले यौनको आनन्द लिँदैनन् किनभने उनीहरूको प्राथमिक उद्देश्य केवल अस्तित्वको रक्षा गर्नु मात्रै हुन्छ । मुम्बईका जीव वैज्ञानिक डा. शिवानी ताण्डेल धेरैजसो पशुहरूको उद्देश्य अस्तित्व रक्षासँग मात्रै जोडिएको बताउँछन् । ‘उनीहरूले आफ्ना वरिपरिका धेरै खतराहरूदेखि सावधान हुनुपर्छ’ उनी भन्छिन् ‘पारिस्थितिक पद्धतिमा सबैभन्दा माथिल्लो खानाको श्रृङ्खलामा रहेका बाघ जस्ता जनावरले पनि जीवनमा खतराको सामना गर्नुपरेको छ । यही कारण हो कि उनीहरू आफ्नो अस्तित्व, जीवन र खानाको बारेमा धेरै सोच्छन्, रमाइलोको बारेमा होइन । यद्यपि बाघले समेत यौनसम्पर्कको लागि आफ्नो क्षेत्रमा बघिनीमाथि आधिपत्य जमाएको हुन्छ । धेरैजसो जनावरहरूले तातो महसुस भएको बेलामा यौनसम्बन्ध राख्छन् । जबकि पुरुष बाँदरले हरेक महिना तातो महसुस गर्छ, त्यसैले उनीहरूको शरीरमा हर्मोनको स्तर अन्य जनावरहरूको भन्दा बढी स्थिर हुन्छ ।

जनावरहरूमा यौन आनन्दको पहिचान र मापन गर्न गाह्रो छ तर तिनीहरूको अनुहारको हाउभाउ, शारीरिक चालचलन र स्नायु मांसपेशीहरू हेरेर थुप्रै वैज्ञानिकहरू यो निष्कर्षमा पुगेका छन् कि जनावरहरू पनि आनन्दको चरम सीमामा पुग्छन् । सुँगुरले पनि यौन आनन्द लिने विश्वास गरिन्छ तर यसलाई पुष्टि गर्न धेरै अनुसन्धानहरू भएका छैनन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment