Comments Add Comment

बागमतीका थप ५ अस्पताल प्रदेश मातहत

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशभित्रका ५ अस्पतालको स्तरोन्नती गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको रत्ननगर अस्पताल र काठमाडौ टोखाको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

हाल बागमती प्रदेशको १३ जिल्लामध्ये ८ जिल्लामा मात्र प्रदेश मातहत रहेका अस्पताल सञ्चालनमा छन् । प्रदेशभित्रका सबै जिल्लामा प्रदेश अस्पताल स्थापना गरी कोभिड–१९ लगायतका संक्रामक रोग तथा अन्य रोगहरुको उपचार सहज बनाउन आवश्यक देखिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

यसैगरी प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणको अनुगमन गर्न प्रत्यक्ष निर्बाचित सांसदको नेतृत्वमा, समानुपातिक सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख रहने समिति बनाउने पनि मन्त्री ढुंगेलले बताए ।

यस्तै प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई स्वास्थ्य सामग्री, उपकरण, तथा भवन निर्माणका लागि १७ करोड रुपैयाँ रकम निकासा गर्ने पनि निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment