
१९ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण ललितपुरमा शुक्रबार २ जनाको मृत्यु भएको छ ।
बारा घर भई ललितपुरको सुमेरु अस्पतालमा उपचार गराइरहेका ५५ वर्षका कोरोना संक्रमित पुरुषको शुक्रबार विहान पौने ८ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।
उनी भदौ १५ गते उपचारका लागि भर्ना भएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो
त्यस्तै कोरोना संक्रमणकै कारण पाटन अस्पतालमा काठमाडौंका ४१ वर्षका पुरुषको पनि मृत्यु भएको छ ।
साउन ३२ देखि पाटन अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार विहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय लतिपुरले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4