+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विवेकशीलको प्रश्न– बामदेवले के योगदान गरेका थिए ? राष्ट्रियसभामा किन आवश्यकता पर्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते ११:५७

२३ भदौ, काठमाडौं । विवेकशील नेपाली दलले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । साथै राष्ट्रियसभामा तीन सदस्य मनोनयन गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे विचार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवेकशील नेपाली दलले ध्यानाकर्षणसमेत गराएको छ ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय १८ भदौमा बसेको नेकपा सचिवालय बैठकले गरेको थियो ।

विवेकशील नेपाली दलले मंगलबार विज्ञप्ति जारी गर्दै चुनाव हारेका गौतमलाई सांसद बनाउने निर्णय गर्नु र स्वयं गौतमले मन्त्री बन्ने उद्देश्य रहेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको बताएको छ ।

‘प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्ति त्यही कार्यकालमा मन्त्री नियुक्त हुन नसक्ने संवैधानिक व्यवस्थालाई ललकार्दै वामदेव गौतम स्वयंले आफू मन्त्री बन्ने उद्देश्यका साथ राष्ट्रिय सभामा जान लागेको बताउनुले कानुनी राज्यको खिल्ली उडाएको छ,’ बागमती प्रदेश सभा सदस्यसमेत रहेका विवेकशील नेपाली दलका नेता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

साथै राष्ट्रियसभामा गौतमको आवश्यकताबारे नेकपासँग जवाफ मागिएको छ । विवेकशीलले भनेको छ, ‘अहिले राष्ट्रिय सभामा वामदेव गौतमको आवश्यकता किन परेको हो ? के कारणले त्यहाँ वामदेवको अभाव खड्कियो ? उनले दुई वर्ष कुरेर आउँदो निर्वाचनको प्रतीक्षा गर्न किन नसकेका ? नेपाली नागरिकहरूलाई यसको स्पष्ट जवाफ नेकपाको सचिवालयले दिनु जरुरी छ ।’

मन्त्री र उप–प्रधानमन्त्रीको रूपमा वामदेव गौतमको नेतृत्व यसअघि पनि पटक–पटक परीक्षित भैसकेको भन्दै विवेकशीलले गौतमको नेतृत्वले देशलाई के सकारात्मक योगदान दियो भनेर प्रश्नसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?