+
+
Shares

लद्दाखमा कसले चलायो गोली ? भारत र चीनको जुहारी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १३:५०

२३ भदौ, काठमाडौं । पछिल्लो समय लद्दाखस्थित चीन र भारतको सीमाक्षेत्रमा तनाव बढ्दो क्रममा रहेको अवस्थामा दुई मुलकबीच आरोप प्रत्यारोप पनि शुरु गरेका छन् । चीनले सोमबार भारतीय सेनाले दुई मुलुकबीचको एलएसी (लाइन अफ कन्ट्रोल) क्षेत्र पार गर्दै चिनियाँ सीमा क्षेत्रमा रहेका सेनामाथि बार्निङ सट्स फायर गरेको बताएको छ ।

चिनियाँ सरकारी समाचार संस्था ग्लोबल टाइम्सका अनुसार चिनियाँ सेना भारतीय पक्षसँग वार्ताको तयारीमा रहेको अवस्थामा भारतीय सैनिकले वार्निङ सट्स फायर गरेको हो ।

यद्यपि भारतले भने चीनले लगाएको अरोप अस्वीकार गरेको छ । भारतीय सेनाले चिनियाँ सेनाले सीमाक्षेत्रमा गोली चलाएको आरोप लगाएको छ । बीबीसी हिन्दीका अनुसार चीनले खुलारुपमा यसअघि भएको सम्झौता उल्लंघन गर्दै आक्रामक व्यवहार गरिरहेको भारतीय सेनाले बताएको छ ।

एक विज्ञप्तिमार्फत भारतीय सेनाले एलएसीमा चिनियाँ सैनिक भारततर्फ अघि बढिरहेको अवस्थामा उनीहरुलाई त्यहाँबाट भगाएको र त्यसको जवाफमा चिनियाँ सैनिकले केही राउण्ड हवाई फायर गरेको बताएको छ । चिनियाँ सेनाको यस्तो कदमको बाबजुद भारतीय सेना संयमित भएको विज्ञप्तिमा उल्लेख छ ।

चिनियाँ सेनाका प्रवक्ता सिनियर कर्नल जांग शियुलीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतीय सेना भारत–चीन सीमाको पश्चिमी क्षेत्रमा एलएजसी पार गर्दै पङगोङ त्सो लेकको दक्षिणी किनारा नजिकै रहेको शेनपाओ पहाडको क्षेत्रमा छिरेका थिए ।’

चिनियाँ सेनाका प्रवक्ताले चिनियाँ सेनाले आफ्नो क्षेत्रीय सम्प्रभुताको रक्षा गर्ने बताएका छन् । अहिले चीन र भारतीय विदेशमन्त्रीको बीचमा वार्ता हुन गइरहेको समयमा दुई मुलुकको बीचमा यस्तो विवाद देखिएको हो ।

अरुणाचल हाम्रो हो : चीन

यसैबीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अरुणाचल प्रदेशमा सीमाक्षेत्रबाट पक्राउ गरिएको भनिएका पाँच भारतीयको विषयमा उत्तर दिँदै अरुणाचल चीनको हिस्सा रहेको बताएका छन् ।

उनले अरुणाचल प्रदेश नरहेको भन्दै यो दक्षिणी तिब्बतको एक हिस्सा रहेको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । साथै उनले आफूहरुसँग भारतीय सेनाले सोधेको प्रश्न अनुसारको पाँच भारतीय अपहरणमा परेको विषयमा कुनै जानकारी नभएको बताएका छन् । यसअघि चिनियाँ सेनाले अरुणाचलबाट पाँच भारतीय नागरिकको अपहरण गरेको बताइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?