Comments Add Comment

मध्याह्न १२ देखि ७ बजेसम्म अनलाइन डेलिभरी गर्न पाइने

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाभित्र अनलाइन डेलिभरी र टेक अवे सेवा खुल्ला भएको छ । दुबै सेवा मध्यान्ह बाह्र बजेदेखि साँझ सात बजेसम्मका लागि मात्रै खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न अपनाउनु पर्ने आवश्यक सुरक्षा सतर्कता भने अनिवार्य रुपमा अपनाउनु पर्ने काठमाडौंमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

कोरोना महामारीको जोखिम जारी रहे पनि आर्थिक गतिविधि ठप्प हुन नदिन मात्रै निषेधाज्ञा खुकुलो बनाइएको दाहालले बताए ।

उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment