+

फ्रेन्च लिग वान : पिएसजी नवप्रवेशी लेन्ससँग पराजित

२०७७ भदौ  २६ गते ८:०९ २०७७ भदौ २६ गते ८:०९
फ्रेन्च लिग वान : पिएसजी नवप्रवेशी लेन्ससँग पराजित

२६ भदौ, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको नयाँ सिजनमा पहिलो खेलमै पराजित भएको छ । गएराति भएको खेलमा पिएसजी नवप्रवेशी लेन्ससँग स्तब्ध भएको हो ।

स्टार खेलाडीहरु नेमार, किलिएन एमबाप्पेसहित ७ खेलाडीलाई कोरोना संक्रमण भएकाले पिएसजीले दोस्रो रोजाइका खेलाडीलाई खेलाउनुपरेको थियो । मुख्य खेलाडीहरुलाई कोरोना पोजेटिभ देखिएपछि पिएसजीको पहिलो खेल हुने/नहुने शंका थियो । तर अन्तत: खेल भने भयो । नेमार, एमबाप्पे, डि मारिया, माउरो इकार्डी, मार्किन्होस लगायत खेलाडी अनुपस्थित थिए ।

लेन्सका लागि इग्नाटियस गानागोले ५७औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । स्टेड बोलार्ट डेलेलिसमा भएको खेलमा ५ हजार दर्शक उपस्थित थिए ।

पछिल्लो ८ सिजनमध्ये ७ पटक लिग उपाधि जितेको पिएसजी गत सिजन च्याम्पियन्स लिग फाइनलमा पुगेको थियो ।

पिएसजी फ्रेन्च लिग वान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय