Comments Add Comment

वीरगञ्जमा ४ वटा पसललाई ७० हजार जरिवाना

२६ भदौं, वीरगञ्ज । वीरगञ्जमा संयुक्त बजार अनुगमन टोलीले शुक्रबार पनि बजार अनुगमन गरेको छ । अनुगमका क्रममा क्रममा ४ वटा पसललाई ७० हजार जरिवाना तिराइएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिका स्थित माइस्थान २ नम्बर रोड, लिंक रोड र नेशनल मेडिकल कलेज चौकमा रहेका कस्मेटिक, खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरेको थियो ।

वीरगञ्ज माइस्थान २ नम्बर रोडस्थित शान्ति जरेनरल स्टोर्सलाई ५० हजार, लिंक रोडस्थित खेमीसती जेनरल सप्लायर्स एण्ड ट्रेडर्सलाई १० हजार, नेशनल मेडिकल कलेज चौकको श्याम कोल्ड स्टोर र तारा कस्मेटिक जेनरल स्टोरलाई ५/५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पसलमा मूल्य सूची नराखेको, खरिद र बिल उपलब्ध गराउन नसकेको, म्याद गुज्रेका समानहरु संचित गरी राखेकोले उनीहरुलाई कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

उनका अनुसार उनीहरुले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरिएकोले सोही ऐनको दफा ३९ बमोजिमको जरिवाना गरिएको हो ।
उनीहरुलाई खाद्य वस्तुहरुको कालोबाजारी तथा मूल्य वृद्धि नगरी बिक्री वितरण गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment