+

ला लिगा सुरु, ग्रानाडाको विजयी सुरुवात

२०७७ भदौ  २८ गते ७:५७ २०७७ भदौ २८ गते ७:५७
ला लिगा सुरु, ग्रानाडाको विजयी सुरुवात

२८ भदौ, काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजनमा ग्रानाडाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा ग्रानडाले एथ्लेटिक विलवाओलाई २-२-० ले पराजित गरेको हो ।

घरेलु मैदामा भएको खेलमा ग्रानडाले दुबै गोल दोस्रो हाफमा चार मिनेट अन्तरमा गरेको हो । ४९औं मिनेटमा याङ्गेल हेरेराले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए । यस्तै ५३औं मिनटमा लुइस मिल्लाले ग्रानाडाका लागि दोस्रो गोल गरे । जितपछि ग्रानाडाले ३ अंक जोडेको छ ।

यस्तै त्यसअघि भएको खेलामा आइबर र सेल्टाभिगोले गोलहरित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यस्तै गएराति भएको अर्को खेलमा ओसासुनाले काडिजलाई २-०ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । एड्रिएन लोपेज र रुबेन गार्सियाले एक एक गोल गरे ।

ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय