Comments Add Comment

क्रिकेटर भण्डारीको उपचारका लागि सिप्यानले सहयोग गर्ने

३० भदौ, काठमाडौं । मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) सहयोग गर्ने भएको छ । सिप्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै भण्डारीको उपचारमा सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । क्रिकटर भण्डारीको अहिले ग्राण्डी हस्पिटल काठमाडौंमा उपचार भइरहेको छ ।

आइतबार कञ्चनपुरको झलारीमा ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए । त्यसपछि धनगढीको निसर्ग हस्पिटलमा उपचारपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको थियो । त्यहाँबाट पनि उनलाई थप उपचारका लागि काठमाडौंको ग्राण्डी हस्पिटलमा सोमबार ल्याइएको छ । भण्डारीको हात र खुट्टाको अप्रेशन गर्नुपर्ने छ भने कलेजोमा पनि चोट लागेको छ ।

सिप्यानले भण्डारीको सहयोगका लागि पहलकदमी लिने जानकारी गराएको छ र सिप्यानसँग हातेमालो गर्दै सहयोग गर्न सम्पूर्णलाई अपिल पनि गरेको छ ।

सहयोग गर्न चाहनेले सिप्यानको पुलतीसडकस्थित सेन्चुरी कमर्सियल बैंक लिमिटेडको खाता नम्बर ००१०००२५२९ सीएमा रकम जम्मा गराउन सक्ने सिप्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment