Comments Add Comment

पर्वतमा विद्युतको खम्बाबाट खसेर इलेक्ट्रिसियनको मृत्यु

३० भदौ, पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को खम्बाबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । कुश्मा नगरपालिका-७ खरेहामा विद्युत् मर्मतका लागि खम्बा चढेका ३५ वर्षीय भोलाराम शर्माको खसेर मृत्यु भएको हो ।

बाग्लुङ नगरपालिका-१ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

अवरुद्ध विद्युत् लाइन मर्मतका लागि शर्मा साँझ साढे ७ बजे पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण कन्द्रले जनाएको छ । शर्मा नेपाल विद्युत् प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए ।

उनको शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ । परीक्षणपछि शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment