Comments Add Comment

विदेशमा अलपत्र सबै नेपालीलाई दशैं अगाडि नै उद्धार गर : डा. संग्रौला

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी छाया श्रममन्त्री डा. डिला संग्रौलाले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई दशैं अगाडि नै फर्काउन सरकारसँग माग गरेकी छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी डा. संग्रौलाले एक विज्ञप्ति जारी गरी विदेशमा समस्यामा परेका नेपालीहरुलाई निःशुल्क स्वदेश फर्काउन माग गरेकी हुन् । उनले सर्वोच्चको आदेशपछि पनि सरकारले निःशुल्क उद्धार उडान सुरु नगरेको खेद व्यक्त गरेकी छन् ।

खाडी मुलुकहरुमा झन्डै तीन लाख नेपालीहरु स्वदेश फर्कन इच्छुक रहेको उल्लेख गर्दै डा. संग्रौलाले भनेकी छन्, ‘तीमध्ये कतिपय महिला, बेरोजगार तथा अशक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गरेको छैन, जुन खेदजनक छ ।’

नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई छिटो स्वदेश फर्काउन आफूले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री र पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएको बताउँदै डा. संग्रौलाले सबैले नेपाल सरकार यो विषयमा गम्भीर रहेको र सक्दो पहल गरिरहेको बताएको जानकारी पनि दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment