+
+
Shares

संवैधनिक परिषद्को निर्णय स्वेच्छाचारिताको पराकाष्ठा : डा. डिला संग्रौला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते ९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्को न्यायाधीश नियुक्ति सिफारिसलाई स्वेच्छाचारिताको पराकाष्ठा भनेकी छन्।
  • संग्रौलाले वरिष्ठताको परम्परा मिचेर चौथो वरीयताका न्यायाधीश सिफारिस गर्नु विधिको शासनमाथि प्रहार भएको बताएकी छन्।
  • उनीहरूले न्यायपालिकालाई आफ्नो अनुकूल बनाउने र सेटिङ चलाउने कदम संवैधानिक नमान्नुपर्ने र सबैले यसको विरुद्ध डटेर उभिनुपर्ने उल्लेख गरेकी छन्।

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको संवैधनिक परिषद्को निर्णयलाई स्वेच्छाचारिताको पराकाष्ठा भनेकी छन् ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा स्थापित वरिष्ठताको परम्परा मिचेर चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिएपछि उनले यस्तो आरोप लगाएकी हुन् ।

‘स्थापित वरिष्ठताको परम्परा मिच्दै चौथो वरीयताका न्यायाधीशलाई सिफारिस गरिनु विधिको शासनमाथि सिधै प्रहार हो,’ संग्रौलाले भनेकी छन्, ‘प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्को यो निर्णय स्वेच्छाचारिताको पराकाष्ठा हो ।’

उनले न्यायपालिकालाई आफ्नो अनुकूल बनाउने र ‘सेटिङ’ चलाउने सरकारको कदमलाई संवैधानिक मान्न नसकिने पनि उल्लेख गरेकी छन् । न्यायालयको गरिमा जोगाउन परिषद्को निर्णयविरूद्ध सबै डटेर उभिनु पर्ने सहमहामन्त्री संग्रौलाको भनाइ छ ।

‘न्यायपालिकालाई आफ्नो अनुकूल बनाउने र सेटिङ चलाउने यस्ता कुनै पनि कदम संवैधानिक मान्न सकिन्न,’ उनले एक्समा लेखेकी छन्, ‘शक्ति पृथकीकरणको सिद्धान्त विपरीत पनि भएको छ । न्यायालयको गरिमा जोगाउन यसका विरुद्धमा सबै डटेर उभिनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?