Comments Add Comment

जन्मदिनमा भूवन भन्छन्–‘नेपाली फिल्मलाई विश्वबजारमा पुर्याउने सपना छ’

नेपाली चलचित्र क्षेत्रका सुपरस्टार नायक भूवन केसी आज आफ्नो जन्मदिन मनाउँदैछन् । काठमाण्डौको सिनामंगलमा जन्मिएका नायक भूवन केसीले आज घरमै परिवारसँग जन्मदिन मनाउने जानकारी दिए ।

भूवनले चलचित्र ‘जुनी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । चलचित्र क्षेत्रमा लामो समय बिताएका केसी नायक, निर्माता र निर्देशकको रुपमा नै सफल मानिन्छन् । उनले अभिनय गरेका ‘कुसुमे रुमाल, सपना, संझना’ लगायतका चलचित्र आज पनि दर्शकको मनमा छन् । यस्तै, उनले निर्माण तथा अभिनय गरेका ‘सुपरस्टार, नेपाली बाबु, करोडपति, म तिमी विना मरिहाल्छु नी, ड्रिम्स’ सर्वाधिक सफल भए ।

भूवनले निर्देशन गरेको पहिलो चलचित्र ‘ड्रिम्स’ पनि बक्स अफिसमा सुपरहिट भयो । उनै, नायक केसीले जन्मदिनमा आफ्नो एउटा सपनाको बिषयमा कुरा गर्दैै भने–‘मैले चलचित्र क्षेत्रमा धेरै काम गरेँ । अब नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउने सपना छ । नेपालमा पनि उच्च स्तरको चलचित्र बन्छ है भनेर विश्वलाई भन्न मन छ । यो सपना म चाडै पुरा गर्छु ।’

नायक तथा निर्माता केसी चलचित्र ‘पारस’ निर्माणको तयारीमा छन् । नेपाली चलचित्र क्षेत्रका ह्यान्डसम सुपरस्टार नायक भूवन केसीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment