+
+
Shares

सामाजिक विकासमन्त्री घिमिरे कोरोनामुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १ गते १३:०१

१ असोज, विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि बिहीबार घिमिरे संक्रमणमुक्त भएका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमण देखिएपछि उनी क्वाटरमै एकान्तबास बसेका थिए । १८ दिनको एकान्तबासपछि संक्रमणमुक्त भएका घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

प्रदेश १ मा पाँच हजार एकसय कोरोना संक्रमित छन् । तीमध्ये दुई हजार १०० संक्रमणमुक्त भइसकेका छन् । सक्रिय संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?