Comments Add Comment

कोरोनालाई राजनीतिक खेल नबनाइयोस् : डब्ल्यूएचओ

१ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई राजनीतिक खेल नबनाउन सबैलाई आग्रह गरेको छ । डब्ल्यूएचओका इमर्जेसिजका प्रमुख माइक रयानले सबै मुलुकलाई आफ्ना नागरिकहरुमा सही सन्देश दिन आग्रह गरेका हुन् । विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अधिकारीको बीचमा देखिएको विवादले थप समस्या सृजना गर्न सक्ने रयानको भनाइ छ ।

अमेरिकाको सीडीसीमन निर्देशक रोबर्ट रेडफिल्डले ट्रम्पको दाबीको खण्डन गर्दै सन् २०२१ को मध्यमा मात्र कोरोना भाइरसविरुद्धको खोप सार्वजनिक प्रयोगका लागि उपलब्ध हुन सक्ने बताएका थिए । साथै उनले खोपभन्दा पनि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि मास्क बढी प्रभावकारी हुने उल्लेख गरेका थिए ।

यसअघि ट्रम्पले अबको केही सातामा नै कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने बताएका थिए । साथै ट्रम्पले रेडफिल्ड कोरोना भाइरसको विषयमा भ्रमित भएको हुन सक्ने भन्दै आफ्नो यसअघिको दाबीको बचाउ गरेका छन् । डब्ल्यूएचओका माइक रयानले विज्ञान र सरकारले एकै किसिमको सन्देश मानिसहरुमा फैलाउनु जरुरी रहेको बताएका हुन् । उनले यस विषयमा राम्रोसँगको अध्ययन तथा सही सूचनाको आधारमा मात्र मानिसहरुमा सन्देश पुर्‍याउनु जरुरी रहेको बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment